बम बनाउने सामाग्रीसहित विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ

तामसालिङ खबर
१२ जेष्ठ २०७६, आईतवार १८:४०

काठमाडौ – काठमाडौँको नरेफाँटबाट बम बनाउने सामग्रीसहित नेत्रविक्रम चन्द विप्लवका सात कार्यकर्ता आइतबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको साथबाट खाली प्रेसरकुकर ७ सात थान बरामद गरिएको छ भने पार्टी सम्बन्धित १५ सयभन्दा बढी पर्चाहरु पनि बरामद गरिएको छ ।

प्रहरीका अनुसार राँके जुलुस निकाल्न तयार पारिएको अवस्थामा मसालहरु पनि बरामद गरिएको छ । राजधानीका सुकेधारा र अनामनगरमा भएको वमकाण्ड सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको कम्युनिष्ट पार्टीले गरेको प्रहरीको अनुसन्धानमा देखाएको छ ।

प्रहरी स्रोतले जनाएअनुसार, उक्त समूहले आव्हान गरेको पूर्वसन्ध्यामा बम बनाउने सिलसिलामा विस्फोटन हुँदा विप्लव समूह समर्थित चार जनाको मृत्यु भएको हो । उक्त स्रोतका अनुसार मृतकहरु केही समयअघि नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा भएको वम विस्फोटन घटनामा समेत संलग्न रहेको र उनीहरु प्रहरीको खोजी सूचीमा रहेका व्यक्तिहरु हुन् ।

चोक-चोक नाका नाकामा प्रहरी
अहिले प्रहरीले राजधानीको सुरक्षा व्यवस्थाले अत्यन्तै कडा पारेको छ । चोक चोक नाकानाकामा व्यापक रुपमा प्रहरीहरु परिचालन गरिएको छ । वम विस्फोटनका घटनाहरु तथा सुरक्षाकर्मीहरुको बाक्लो तैनाथीले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*