बिहिबार हुने मोदीको शपथमा पाकिस्तानलाइ आउट
एजेन्सी – लोकसभा चुनावमा प्रमुख सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले प्रचण्ड जीत हासिल गरेपछि नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिदैंछन् । शपथ ग्रहण समारोहमा आफ्ना सबै छिमेकी देशका कार्यकारी प्रमुखलाई निमन्त्रणा गरिएको छ । तर भारतले पाकिस्तानलाई भने आमन्त्रण गरेको छैन ।
नेपाल, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड र म्यानमार कार्यकारी प्रमुखलाई निमन्त्रण गरिएको छ । त्यस्तै मौरीशसका प्रधानमन्त्री र चेक गणतन्त्रका प्रमुखलाई निमन्त्रण दिइएको छ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भने कार्यक्रममा आफू उपस्थित हुन नसक्ने बताएकी छन् । भारतले आफ्नो एक छिमेकी पाकिस्तानलाई भने निमन्त्रणा गरेन ।
पाकिस्तानले निमन्त्रणा नआएपछि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । पाकिस्तानले प्रतिक्रियामा भनेको छ ‘भारतीय प्रधानमन्त्री मोदीका लागि घरेलु राजनीति, पाकिस्तानी समकक्षीलाई बोलाउनका लागि अनुमति दिदैंन् ।’ पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुरैशीले भनेका छन्, ‘उनको पुरा चुनावी अभियान पाकिस्तान विरोधी थियो । त्यसैले तत्काल पाकिस्तानलाई निमन्त्रणा गर्नु असोभनिय हुन्छ । त्यसैले निमन्त्रणा नआएको हो ।’
पाकिस्तानले प्रतिक्रियामा भनेको छ ‘भारतीय प्रधानमन्त्री मोदीका लागि घरेलु राजनीति, पाकिस्तानी समकक्षीलाई बोलाउनका लागि अनुमति दिदैंन् ।’ पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुरैशीले भनेका छन्, ‘उनको पुरा चुनावी अभियान पाकिस्तान विरोधी थियो । त्यसैले तत्काल पाकिस्तानलाई निमन्त्रणा गर्नु असोभनिय हुन्छ । त्यसैले निमन्त्रणा नआएको हो ।’
फेब्रुअरी महिनामा भारत प्रशासित काश्मीरको पुलवामा बिद्रोहीको आक्रमणपछि भारत र पाकिस्तानबिचको सम्बन्धमा चिसो पन आएको छ । लोकसभा चुनावको परिणाम सार्वजनिक भएपछि भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलाई बधाई दिएका थिए ।
मोदीको शपथ ग्रहण समारोहमा भाग लिनका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भने बिहीबार बिहान नयाँ दिल्ली प्रस्थान गर्नेछन् । बिहीबार बेलुकी शपथ ग्रहण समारोहमा भाग लिएर ओली शुक्रवार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।






