लोकसेवा आयोग हेटौँडाको कार्यालयमा विद्यार्थीको प्रर्दशन

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार १६:०४

हेटौडा – लोकसेवा आयोगले जारी गरेको विज्ञापनमा मधेशी, आदीवासी, सामावेशी लगायतको कुनै पनि वर्गको लागि खुल्ला नगरिएको भन्दै मंगलबार लोकसेवा आयोगको कार्यालय हेटौडामा प्रदर्शन गरेको छ ।

संयुक्त विद्यार्थी संघर्ष समितिले लोकसेवा आयोग हेटौँडाको कार्यालयमा घेराउ गरेका हुन् । उनीहरुले आयोगले विज्ञापनमा भएको त्रुटीलाई तत्काल सच्याउन माग गर्दै नसच्याए कडा आन्दोलन गर्ने समेत बताए ।

उनीहरुले सामान्य प्रशासन मन्त्री लालबबाबु पण्डीतको राजीनामा समेत माग गरेका छन् । यो विषयलाई गम्भिर ढंगले उठान नगरेको भन्दै उनीहरुले राजीनामा माग गरेका हुन् । हेटौँडामा बसेर लोकसेवा पढिरहेका युवाहरुले प्रर्दशन गरेको संघर्ष समितिका संयोजक बालकुमार यादबले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*