नेकपाको नवनियुक्त जिल्ला अध्यक्ष पन्तलाई सम्मान
सर्लाही – राजनैतिक क्षेत्रका लागेको ब्यक्तित्वहरुले सहकारीबारे प्रष्ट हुनुपर्ने भन्दै सर्लाहीको हरिपुरमा रहेको ग्रामिण सामुदायिक कृषि सहकारी संस्थाले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का नवनियुक्त जिल्ला अध्यक्ष रेवती पन्तलाई सम्मान गरेको छ । नेताहरुले सहकारी क्षेत्र नबुझे सम्म देशमा समृद्धि नआउने संस्थाका अध्यक्ष चुडामणि धामीले बताउनुभयो ।

सहकारी सदस्यको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा सहकारी क्षेत्रमा योगदान गरेको भन्दै लालबन्दी नगरपालीकाका मेयर मानबहादुर खड्का, सामाजिक क्षेत्रमा योगदान गर्ने नेकपाका युवा नेता चुडामणि वाग्ले, महिला सचेतनामा योगदान गर्ने साबित्रा बुढाथोकीलाई पनि सम्मान गरेको सर्लाहीबाट पत्रकार राजु तामाङले जानकारी दिएको छ ।
स्थापनाको छोटो समयमा धेरै सामाजिक काम गरिसकेको भन्दै वक्ताहरूले संस्थाको प्रशंसा गरेका थिए । ‘नेकपा’का नवनियुक्त जिल्ला अध्यक्ष पन्तले आफुले नेकपामा रहेका सबै सदस्यहरुलाइ सहकारी शिक्षा पुर्याउने आश्वासन दिए ।






