राक्सिराङको थाहाढुंगामा ढिस्कोले स्काभेटर पुर्दा दुई जनाको मृत्यु

तामसालिङ खबर
३० जेष्ठ २०७६, बिहीबार ०१:४४

हेटौंडा– मकवानपुरको विकट राक्सिराङ गाउपालिकाको वडा नं. ८ थाहाढुंगामा सडक खन्ने क्रममा ढिस्कोले स्काभेटर पुर्दा दुई जनाको ज्यान गएको छ ।

बिहिबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको ढिस्कोले पुर्दा स्काभेटरका सहयोगीहरु चितवन शक्तिखोरका सन्दिप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिंगलाल चेपाङका अनुसार स्काभेटर अपरेटरको भने सकुशल उद्धार गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*