निर्मल माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार २०:४१

मकवानपुर, ३१ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा अवस्थित निर्मल माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल मकवानपुरको आर्थिक सहयोग तथा बाल अधिकार तथा महिला विकास केन्द्र पदमपोखरीको आयोजनामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

‘विद्यार्थीको पढाईमा अभिभावकको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा निर्मल माविकी प्रकृति बर्तौला प्रथम, निर्मल माविकै सपना बर्तौला द्वित्तिय र शिक्षा विकास शिशु सदनकी श्वेच्छा गौतम तृतिय भएका छन् । संस्थाका अध्यक्ष रामहरी पोखरेलको अध्यक्षता तथा निर्मल बहुमुखी क्याम्पस बस्तीपुरका क्याम्पस प्रमुख शुवासचन्द्र कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा शिक्षा विकास शिशु सदन हेटौँडा ३ की शिक्षिका मीना भण्डारी, महेन्द्र किरण मावि हेटौँडा ३ की शिक्षिका भगिरथी अधिकारी, सनसाईन ईङ्ग्लिस बोर्डिङ स्कूलकी शिक्षिका निशा मगर, निर्मल मावि हेटौँडा १९ बस्तीपुरकी शिक्षिका मनोहरी बर्तौला लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*