बालजागृति युवा वर्ष माविमा चित्रकला प्रतियोगिता सम्पन्न

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार २१:५०

मकवानपुर, ३१ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा अवस्थित बाल जागृति युवा वर्ष माविमा शुक्रबार आधारभुत तह (२–३), (४–५) र आधारभुत एवं माध्यमिक तह (६–१०) स्तरिय चित्रकला प्रतियोगिता एवं प्रदर्शनी सम्पन्न भएको छ ।

आधारभुत तह (२–३) को चित्रकला प्रतियोगितामा कक्षा ३ की प्रकृति रुम्बा प्रथम , कक्षा ३ की नै मेलिना थिङ द्वित्तिय र कक्षा ३ बाटै मेनुका भ्लोन तृतीय भएकी छिन् । त्यस्तै आधारभुत तह (४–५) को चित्रकला प्रतियोगितामा कक्षा ४ की सबिना श्रेष्ठ प्रथम, कक्षा ५ कि शान्ती भ्लोन द्वित्तिय र कक्षा ४ की सचिना मोक्तान तृतिय भएकी छिन् ।

त्यस्तै आधारभुत तह एवं माध्यमिक तह (६–१०) स्तरीय चित्रकला प्रतियोगितामा जम्मा २० जनाको सहभागिता रहेको थियो । प्रत्येक चित्रलाई प्रदर्शनीमा राखेर कक्षा ८–१० सम्मका विद्यार्थीहरुको भोटको आधारमा दुई वटा चित्रलाई उत्कृष्ट छनौट गरिएको छ । कक्षा ८ की अनुषा स्याङ्बो र कक्षा १० सेक्सन ए का अस्मिर श्रेष्ठको चित्रलाई उत्कृष्ट चित्रका रुपमा छनौट गरिएको छ । त्यसपछि निर्णायक मण्डलको निर्णयको आधारमा कक्षा १० सेक्सन ए की अनिता गोङ्बा प्रथम, कक्षा ८ कि अनुषा स्याङ्बो द्वितीय र कक्षा १० सेक्सन ए की शशिकला लामा तृतीय भएका छन् ।

अतिरिक्त क्रियाकलाप समिति संयोजक कुमार रुम्बाको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गोपाल चन्द्र भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको संचालन् शिव प्र. चौलागाईं तथा निर्णायकको भूमिका तोयानाथ सुवेदी , बिबश थापा र सरस्वती पुडासैनीले निभाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*