सर्लाहीमा तामाङ भाषाको रेडियो कार्यक्रम उत्पादन सम्बधी तालिम

तामसालिङ खबर
३२ जेष्ठ २०७६, शनिबार ०६:३१

सर्लाही – तामाङ भाषाको शिक्षा र सुचनामुलक रेडियाे कार्यक्रम उत्पादन सम्बन्धि ५ दिने तालिम हरिवनमा शुक्रबारबाट शुरु भएकाे छ । नेपाल तामाङ घेदुङ भाषा लिपि साहित्य तथा प्रशिक्षण विभागकाे आयोजनामा तथा तामाङ सञ्चार संघ सर्लाही शाखाकाे ब्यबस्थापनमा भएको कार्यक्रममा हरिवन नगरपालिकाकाे सहयाेगमा तालिम भएकाे हो ।

सर्लाही र रौतहटको विभिन्न सञ्चार माध्यामहरुमा आबद्ध संचारकर्मीहरुको सहभागितामा तामाङ मातृभाषाबाट कार्यक्रमहरु सञ्चालनमा देखिएका समस्या तथा चुनाैतीका साथै रेडियाेमा कार्यक्रम कसरी उत्पादन र प्रसारण गराउन सकिन्छ भनी तालिममा छलफल हुने आयोजकले जनाएकाे छ ।

कार्यक्रममा हरिवन नगरपालिकाको उपप्रमुख रेनुका पाैडेल, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नेपाल तामाङ घेदुङका संघिय सदस्य अर्जुन याेन्जन, लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेकाे थियाे ।

तालिममा प्रशिक्षककाे रुपमा रेडियाे नेपालका बरिष्ट कार्यक्रम संयाेजक अमरध्वज लामा, नेपाल तामाङ घेदुङ संघिय अध्यक्ष माेहन गाेले, भाषा लिपि साहित्य विभाग प्रमुख काजीमान थिङ, तामाङ पत्रकार संघका पुर्वअध्यक्ष जगत दाेङले प्रशिक्षण गराउने जनाइएकाे छ ।

असार ३ गते समापन हुने तालिमकाे उदघाटन कार्यक्रमकाे सञ्चालन तामाङ सञ्चार संघ सर्लाहीको अध्यक्ष राजु लाेले गरेको कार्यक्रममा स्वागत मन्तब्य भने संघका सचिब उपेन्द्र गाेले गर्नु भएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*