मकवानपुर बुद्धिचाल संघको अध्यक्षमा तिमल्सिना
हेटौडा – नेपाल बुद्धिचाल संघको मकवानपुरको अध्यक्षमा माधब तिमल्सिना चयन भएका छन् । हेटौंडामा शनिबार भएको सघको भेलाले तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको हो ।
संघको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिवमा नरेन्द्र भण्डारी, कोषाध्यक्षमा रुपकराज दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुशिल तण्डुकार, उमेश सिग्देल, सुजन सि ठकुरी, सम्झना रिजाल, राजाराम कडेल निर्बिरोध चयन भएका छन् ।
निर्बाचित कमिटीका सदस्यहरूलाई संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ, महासचिव हेराकाजी महर्जन, सचिव धरम लामा, मकवानपुरका पुर्ब अध्यक्ष ज्ञान कृष्ण प्रजापतिले टीका लगाएर बधाई दिएका थिए ।
संघको शनिबार नै बसेको पहिलो बैठकले उपाध्यक्षमा किशन घिसिङ र सदस्यमा सुजिता थिङलाई मनोनित गरेको नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले जानकरी दिए ।






