झरनाको १३९ औं साहित्यीक श्रृंखला
हेटौँडा – झरना साहित्यिक परिवारले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रगति माविमा शनिबार १३९ औं साहित्यिक साहित्य श्रृंखला तथा प्रशिक्षणात्मक काव्य गोष्ठी सम्पन्न गरेको छ ।
प्रगति माविका प्रधानाध्यापक निरन्जन प्रसाद ढकालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारी, जनार्दन खनाल, विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुली, शिक्षक अशोक महतो लगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षणमा प्रगति माविका कक्षा ६ देखि ९ सम्मका ५० जना विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूलाई झरना साहित्यक परिवारका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वानाथ सञ्जेलले सहजीकरण गरेका थिए ।






