चन्द्रपुर नगरमा तामाङ घेदुङको वडा कमिटि गठन, अध्यक्षमा सुरबहादुर वाइबा चयन

उपेन्द्र गोले
१ असार २०७६, आईतवार १३:३५

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर १ मा नेपाल तामाङ घेदुङको प्रथम वडा अधिवेशन सम्पन्न भएकाे छ । स्थानीय सुर बहादुर वाइबाकाे अध्यक्षतामा ११ सदस्यीय चन्द्रपुर एक नम्बर वडा कमिटि गठन गराइएको छ ।

तामाङ समुदायकाे संस्कृति धर्म भेषभुषाकाे जगेर्ना गर्न गराउन नेपाल तामाङ घेदुङकाे आबश्यक रहेको बताउनु हुदै प्रदेश २ का घेदुङ उपाध्यक्ष यमलाल गाेलेले तामाङ समुदनय नै एकजुट हुनु पर्नेमा जाेड दिनुभयाे ।

नेपाल तामाङ घेदुङ भाषा लिपि तथा प्रशिक्षण बिभागका सदस्य उपेन्द्र गाेलेले घेदुङ कहिल्यै गलत नभएकाे घेदुङका पदाधिकारीहरुले गलत गरेकाले घेदुङलाई दाेष दिनु नहुने उनले भने । अब बन्ने घेदुङका कमिटिहरु गलत नगर्ने खालकाे हुनु पर्नेमा जाेड दिनुभयाे । वडा अधिबेशनको प्रमुख अतिथी समेत रहेका संघीय सदस्य खड्ग बहादुर बम्जनले तामाङ समुदाय शिक्षा, आर्थिक राजनैतिक रुपमा अगाडि आउनु पर्ने आबस्था आएको बताउनु भयो ।

कमिटिको उपाध्यक्षमा सुमित्रा कुमारी थिङ, सचिव एक्का बहादुर माेक्तान, सहसचिव श्रवण थिङ, काेषाध्यक्ष लाली वाइबा, सदस्यहरुमा शान्ता बम्जन, टीका बहादुर भाेलन, विर बहादुर भाेलन, शाेमा सि पाख्रिन, शंकर बल र सुकेन्द्र गाेले चयन भएकाे छ ।

सोहि अधिबेशनले तिन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएकाे छ । सल्लाहकार संयाेजक नर बहादुर थिङ, सदस्यमा आइती माया रुम्बा, काली माया थाेकर रहेका छन । कार्यक्रम नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिका काेषाध्यक्ष मिलन लामाको सभाध्यक्षमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*