मनहरीको गुम्बा परिसरमा बुद्धशान्ति हरितपार्क शिलन्यास
हेटौडा (मनहरी) – मनहरी गाउपलिकाको वडा नम्बर ७ मा रहेको साङग छ्योइफेल गुम्बा परिसरमा बुद्धशान्ति हरित पार्कको आइतबार बिशेष कार्यक्रमका विच शिलान्यास गरेको छ । तिन नम्बर प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर घलानको प्रमुख आतिथ्यतामा उक्त हरित पार्कको शिलान्यास गरिकेको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद घलानले गुम्बाले वन संरक्षण र पर्यटनमा महत्वपुर्ण कदम चालेको भन्दै प्रशंसा गरे । उक्त पार्क मनकामना सामुदायिक वन उपभभोक्त समुहको क्षेत्रमा पर्दछ । बौद्धधर्म प्रबर्द्धनमा वन संरक्षण र पर्यटकिय स्थल जस्ता ठुलो योजन निर्माणका लागि सानातिने बजेटले हरित पार्क निर्माण सम्पन्न नहुने हुदा बजेट ब्यवस्थापनका लागि आफुले पनि बिभीन्न निकायमा पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सरकारले पनि यस्ता खालका योजनाका लागि बजेट विनीयोजन गर्दै आइरहेको भन्दै उनले प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गर्ने जिम्मा आफनो रहेको बताए ।
त्यस्तै, मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले पार्क क्षेत्रमा संरचनाहरु निर्माण गर्दा सकेसम्म कंक्रिट जन्य बस्तु प्रयोग नर्गन सुझाव दिएका थिए । वन जंगलमा पाईने मुडा, खर लगाएतका प्राकृतिक बस्तु प्रयोग गरेर संरचनाहरु निर्माण गरे पार्कको सुन्दरतामा झनै राम्रो हुने बताए । पार्क निर्माणका लागि गाउँपालिकाले बजेट उपलब्ध गराउने भन्दै अध्यक्ष उप्रेतीले गाउपलिकाले छिट्टै संरचना निर्माणका लागि डिपिआर तयार गर्ने बताए ।
करिब एक बिगाह क्षेत्रमा निर्माण गर्न लागेको पार्कमा बिभीन्न किसीमका बोटबिरुवाको बृक्षरोण, सुन्दर पोहोरा सहितको पोखरी सहित साढे २ फिट अग्लो बुद्धको मुर्ति स्थापना गर्न लागेको जनाएको छ ।

निर्माण कार्य आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गराइने लक्ष्य समितीले लिएको छ । बुद्धशान्ति हरित पार्क निर्माण समितीका अध्यक्ष नारायण घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रम प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्या ओम घलानको प्रमुख आथित्य रहेका थिए ।
कार्यक्रममा संबिधान सभाका सदस्य राजाराज स्याङतान, राप्ती डिभीजन वन कार्यलय मनहरीका प्रमुख दिर्घ नारायण कोइलारा, मनकामना सामुदायि वन उपभोक्ता समुहका अध्यक्ष चन्द्र बहादुर पौडेल, ७ नम्बर वडाका वडाअध्यक्ष ठाकुर तितुङ लगायतले आतिथ्यता रहेको थियो ।






