हामी नेपाली बेल्जियमको अध्यक्षमा किसान केसी चयन
बेल्जियम – विभिन्न धर्म जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था ‘हामी नेपाली ग्लोबल’ ले विश्वभर छरिएर रहेको नेपालीहरुलाई एकिकृत गराउने उदेश्यले बेल्जियममा गठन गरिएको छ । आइतबार भएको बिशेष भेला मार्फत बेल्जियम च्याप्टरको अध्यक्षमा किशान केसीको नेतृत्वमा १७ सदस्यीय नया कार्यसमिति गठन गरेको छ ।
बेल्जियम च्याप्टर कार्यसमिति घोषणा सभामा बोल्दै हामी नेपाली ग्लोबलका अध्यक्ष अमृता लामाले नेपालमा केही गर्नु पर्छ भने, तपाई हामी र विश्वभरी छरिएर रहेका नेपालीहरू मिलेर नै गर्नुपर्छ, अरू आएर हाम्रो देशको विकास हुदैन र गर्न दिदैंन ।
नेपालमा रोजगारी श्रृजना गरी नेपालमा नै सबै किसिमका रोजगार दिलाउँने । नेपालमा उत्पादित सामानहरू “हामी नेपालीको” ब्राण्ड मार्फत अन्तरराष्ट्रीय बजारीकरण गर्ने, हामी सबै मिलेर विश्वभरी रहेका नेपालीहरूको एकता र नेपालको विकासमा टेवा पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।
समितिको उपाध्यक्षमा अनुजा प्रधान, महासचिब मीन बहादुर क्षेत्री, सचिबमा नबिन नेपाल कोषध्यक्षमा जय तामाङ लगायत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राम बहादुर पुन, दमन तामाङ, दिलिप गुरुङ, दिपेन्द्र गौतम, हिमानी न्यौपाने, कौशल खनाल, लिला शर्मा, महेन्द्र बश्याल, मुना थापा, निर्मला परियार, साइमन आले मगर, गोगिता थापा लगायतको रहेको छ ।
कार्यक्रममा ग्लोबलका अध्यक्ष लामाले बेल्जियम च्याप्टर कार्यसमितिको घोषणा गरेका थिए भने कार्यक्रममा सम्पूर्ण कार्य समितिका पदाधिकारीरुलाई खादा सहित प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए । ‘हामी नेपाली ग्लोबल संस्थाले विश्व भर आफ्ना च्याप्टर गठन गर्ने जनाएको छ ।






