हेटौडामा २५ मिटर वरपरको घर भत्काउन १५ दिने अल्टिमेटम

तामसालिङ खबर
७ असार २०७६, शनिबार ०८:०४

हेटौंडा – हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गतको सडकको २५/२५ मिटर क्षेत्रभित्र पर्ने संरचना हटाउन भन्दै शनिबार डिभिजन सडक कार्यालय मकवानपुरले सूचना जारी गरेको छ ।

पटक पटक सूचना जारी गरेपनि पुर्ब पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्न सकेको थिएन । सडक बिस्तारको काम अनुसार सडक सिमा खाली तत्काल गरिनुपर्ने सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म र त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग खाली गर्नका लागि निर्देशन दिइएको छ ।

पूर्ब पश्चिम राजमार्ग र त्रिभुवन राजपथको दाँयारबाँया २५–२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरिएको छ । असार ७ गतेको मितिले १५ दिनभित्र संरचना हटाउन आदेश दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*