जनजाति महासंघको ७ वटा वडा परिषद हेटौडामा गठन

तामसालिङ खबर
८ असार २०७६, आईतवार ०७:१०

हेटौडा – नेपाल आदिबासी जनजाती महासघ हेटौंडा उपमहानगरपालिका परिषदको समन्वयमा नगर भित्रको ७ वटा वडामा महासंघको वडा समन्वय परिषद् गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा वडा नम्बर १, २, ५, ७, ८, ९ र १० मा आदिवासी जनजातिलाई संगठित गरेको हो ।

आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधिको भेलाले वडा नम्बर १ मा यज्ञबहादुर रुचाल मगर, २ मा काजीमान तितुङ्ग, ५ मा डोल्मा स्याङ्बो (तामाङ), ७ मा अमर गुरुङ्ग, ८ मा निरोज राई र ९ मा अस्मिता वाईबाको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडा नगर परिषदको अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको होे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठले सहजिकरण गरेका थिए । कार्यक्रममा नेपाल मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना मगर, नेपाल तामाङ घेदुङ मकवानपुरका उपाध्यक्ष कालु घलान, नेवाः देय् दबुः मकवानपुरका उपाध्यक्ष अनिल खड्गी, आदिवासी जनजाति महासंघ, हेटौंडा नगरका उपाध्यक्ष अमिता चौधरी, कोषाध्यक्ष नरेशलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ हेटौंडाका अध्यक्ष भरत ठाडा मगर, नेपाल तामाङ घेदुङ हेटौंडा नगरका अध्यक्ष ठिसाङ लामा, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरी लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*