फुलको बगैचाले मुहार फेर्दै गुम्बाडाँडा

तामसालिङ खबर
८ असार २०७६, आईतवार ०७:३४

हेटौंडा – मकवानपुरको पर्यटकीय स्थल गुम्बाडाँडामा फुलको बगैचा बनाउन शुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा अबस्थित गुम्बाडाँडा परिसरलाई फूलको बगैचालाइ पर्यटकिय स्थलको रुपमा बिकाश गर्नका लागि बनाइएको छ ।

अहिले सबैतिर फाँडेर हरिया रुख, त्यसको बीच खाली स्थानमा फूलको बगैचा हेर्न सकिने बनाइएको हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँले बताउनुभयो । गुम्बाडाँडामा अब मुर्तिमात्र हेर्ने भन्दा पनि फूलको बगैचामा घुमेर आन्तरिक पर्यटकलाई घुम्ने वातावरण तयार पारिएको उहाँले बताउनुभयो ।

बगैचा निर्माणको काम बषै पिच्छे निरन्तरता दिने तयारी गरिएको छ । पर्यटकिय क्षेत्रका लागि पूर्बाधार निर्माण गर्ने, बगैचा निर्माण गर्ने काम अगाडी बडाइएको हो ।

अहिले भने पिकनिक स्पोर्ट पनि तयार पारिएको छ । अब पिकनिक खानका लागि गुम्बाडाँडामा पाँच वटा स्पट तयार गरिएको वडाअध्यक्ष बानियाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*