यश हेटौडाको साहित्यिक मञ्चमा छवि अनित्यको ‘हल्ला’

तामसालिङ खबर
८ असार २०७६, आईतवार १०:१६

हेटौंडा– ‘मकवानपुरे चर्चित युवा कवि छवि अनित्यको एकल कविता वाचन शनिबार हेटौँडामा सम्पन्न भएको छ । ‘हल्ला’ कविता संग्रहमार्फत नेपाली साहित्यमा चर्चा कमाएका कवि अनित्यले यश हेटौँडाको सातौ श्रृंखला मार्फत आफ्ना चर्चित कविताहरु पस्केका थिए ।

एकल बाचन कार्यक्रममा अनित्यले एक दर्जन कविता सुनाए । उनका कवितामाथि पाठकहरुले सँग-सँगै प्रतिक्रिया पनि जनाएका थिए । अनित्यका कवितामाथि विश्लेषण गर्दै समालोचक घनश्याम घिमिरेले छविको कविताले नेपालको सामाजिक तथा राजनीतिक विसंगतिहरुप्रति तिखो प्रहार गर्दै सुसंस्कृति समाजको अपेक्षा गरेको बताए ।

कार्यक्रममा कवि तथा कथाकार अप्सरा तिम्सिना, पुरुषोत्तम आचार्य, पत्रकार तथा कवि गिरिजा अधिकारी, शिक्षक कृष्ण पोखरेललगायतले छविका कविताहरुमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा छविले ‘घण्टाकर्ण’, ‘म’, ‘थाहा नहुनुपर्ने कुरा’, ‘विभेद’, ‘तुइनको बाटो’, ‘हट घोडा हट’, डन्ट लुक फर सेक्स इन माइक’ लगायतका शीर्षकका कविता बाचन गरेका थिए । यश हेटौंडाका एसके निधनले कार्यक्रममा सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*