मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तामसालिङ खबर
८ असार २०७६, आईतवार १५:३३

रुपन्देही –    रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ स्थित कलोनीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकलले ठक्कर दिएपछि मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवैको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो ।

“अझै पनि सनाखत भएको छैन, तर हामीले कोशिस गरिरहेका छाैँ”, प्रहरी निरीक्षक मैनालीले भन्नुभयो । अहिले दुवै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*