रौतहटको चन्द्रपुर नगरमा घेदुङको ४ र ५ वडामा संयुक्त कमिटी गठन

वडा नम्बर २ मा पनि घेदुङ
उपेन्द्र गोले
९ असार २०७६, सोमबार ०८:५५

रौतहट – नेपाल तामाङ घेदुङ चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ र ५ काे संयुक्त प्रथम अधिबेसन शनिबार सम्पन्न भएकाे छ । चन्द्रपुर – ४ स्थित जिक्तेन पाल्ज्याेर गुम्बा टेकानमा सम्पन्न उक्त भेलाले बुद्व बहादुर घलानकाे अध्यक्षतामा ११ सदस्यीय ४ र ५ काे संयुक्त समिति चयन गरिएकाे छ । त्यस्तै, उपाध्यक्ष संजय लामा, सचिव सुधा वाइबा, सहसचिव सानमान गाेले, काेषाध्यक्ष छाेइसाङ घिसिङ सदस्य दिल बहादुर लामा, विष्णु लामा लगयतकाे रहेकाे घेदुङको नगर काेषाध्यक्ष मिलन लामाले बताउनु भयाे ।

नेपाल तामाङ घेदुङका बारेमा भाषा लिपि साहित्य तथा प्रशिक्षण विभागीय सदस्य उपेन्द्र गाेलेले आफ्नो धारणा राखेकाे कार्यक्रममा नेपाल तामाङ घेदुङ दुइ नम्बर प्रदेशको उपाध्यक्ष यमलाल गाेलेको प्रमुख आतिथ्यतामा भएको थियो । धर्म सस्कृतिकाे जगेर्नाकाे लागि तामाङ घेदुङकाे भुमिका बारे उनले प्रषट्याइएको थियाे । चन्द्रपुर नगर घेदुङका अध्यक्ष लाल बहादुर दाेङकाे सभापतित्वमा सम्पन्न उक्त अधिबेसनकाे सञ्चालन सचिव देव बहादुर लामाले गर्नु भएकाे थियाे ।

वडा नम्बर २ मा पनि घेदुङ
त्यस्तै राैतहटकाे चन्द्रपुर नगरको वडा नम्बर २ काे माेक्तान टाेलमा प्रथम वडा अधिबेसन सम्पन्न गरेकाे छ । नगर अध्यक्ष लाल बहादुर दाेङकाे सभापतित्वमा सम्पन्न अधिबेसनले क्षेत्र बहादुर भ्लाेनकाे अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघिय सदस्य खड्ग बहादुर बम्जनले सस्कृतिकाे जगेर्ना गर्नका लागि तामाङ समुदायमा एकरुपता ल्याउनु पर्ने बताए ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा लालीमाया घिसिङ, सचिव तिलक भाेलन, सहसचिव दिबहादुर बाइवा, काेषाध्यक्ष सेल्माे माया माेक्तान, सदस्यहरुमा सञ्चमाया स्याङ्तान, लालबहादुर घलान, बिबिमाया बम्जन, श्यामकुमार सिङ्तान, केदार सि जिम्वा र अक्सर लाे चयन भएका छन ।

भेलामा प्रदेश २ का उपाध्यक्ष यमलाल गाेले, भाषा लिपि साहित्य तथा प्रशिक्षण विभागीय सदस्य उपेन्द्र गाेले, राैतहट जिल्ला घेदुङका सचिव बाल कुमार लामा, गुरुङ समाजका प्रदेश २ का अध्यक्ष रंग गुरुङ, स्थानिय गुम्वाका लामा गुरु, बुद्विजिविहरुकाे सहभागीता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*