चन्द्रपुर नगरको वडा नम्बर ८ र ९ मा घेदुङको संयुक्त कमिटि गठन

उपेन्द्र गोले
१० असार २०७६, मंगलवार ०९:३१

रौतहट – नेपाल तामाङ घेदुङ चन्द्रपुर नगरपालिका वडा कमिटि गठन गर्ने क्रम नगरको वडा नम्बर ८ र ९ काे प्रथम अधिबेसन साेमबार भएकाे छ । चन्द्रपुर वडा नम्बर ९ काे सिन्धुरेघारीमा सम्पन्न भेलाले ११ सदस्यीय चन्द्रपुर वडा नम्बर ८ र ९ काे संयुक्त वडा कमिटि गठन गरिएको हो । अधिबेशनले दावा दाेर्जे लामाकाे अध्यक्षतामा ११ सदस्यीय नया कमिटि चयन गरेकाे छ ।

कमिटिको उपाध्यक्षमा शेर बहादुर तामाङ, सचिवमा बिनु तामाङ, सहसचिव आशा तामाङ, काेषाध्यक्ष गाेपिनी घिसिङ, चयन भएका छन् । त्यस्तै सदस्यहरुमा श्रीमाया तामाङ, कुमारी माेक्तान, लक्ष्मी तामाङ, मान बहादुर तामाङ, दुर्गालाल तामाङ र सीता तामाङ चयन भएका हुन ।

वडा वडा कमिटिको सल्लाहकारमा शिवराम तामाङकाे संयाेजकमा मसिना तामाङ र वीर बहादुर वाइवाको ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएकाे छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल तामाङ घेदुङ संघिय सदस्य खड्ग बहादुर बम्जनले तामाङ समाजमा ब्यतित कुप्रथा, कुसंस्कार, लगायत गलत मान्छेलाइ सहि बाटाे हिडाउन सक्नु पर्नेमा जाेड दिनु भयाे ।

कार्यक्रममा प्रदेश २ का उपाध्यक्ष यमलाल गाेले, नेपाल तामाङ भाषा लिपि साहित्य तथा प्रशिक्षण विभागीय सदस्य उपेन्द्र गाेले, पुर्वसंघिय सदस्य राजकुमार थाेकर, राैतहट जिल्ला सचिव बालकुमार लामा लगायत तामाङ समुदायका अगुवाहरुकाे समेत सहभागीता रहेकाे थियाे । चन्द्रपुर नगर घेदुङका अध्यक्ष लाल बहादुर दाेङकाे सभाअध्यक्षमा अधिबेशन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*