दाङ र रुपेन्देहीमा चट्याङ लागेर ६ जनाको मृत्यु

तामसालिङ खबर
१० असार २०७६, मंगलवार २१:२५

दाङ – मंगलबार परेको चट्याङले रुपन्देही र दाङमा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीमा ३ र दाङमा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङमा परी रुपन्देहीको सैनामैनाको आमीमा ६२ बर्षका चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं २ फुलबारीका ६० बर्षका नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा ७ वर्बदैयाका २५ बर्षका भागवत दास लोधको मृत्यु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकै गाईबस्तु चराउने क्रममा अर्यालको चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ । लोधको भने तरकारी बारीमा जाने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

त्यस्तै, चट्याङ लागेर दाङमा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*