स्वतन्त्र तिब्बतको कार्यक्रममा भाग लिने सांसद यादब निलम्बनमा
काठमाडौं – स्वतन्त्र तिब्बत सम्बन्धीको कार्यक्रममा सहभागि भएको भन्दै समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई पार्टीले ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो । समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा यादव सहभागि भएका थिए ।
फ्रि तिब्बतसम्बन्धी सो कार्यक्रममा सहभागि भएको बारे पार्टीले स्पष्टीकरण सोध्दा उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।






