अभिनेत्री थापालाइ रेशम चौधरीद्वारा किताब उपहार

तामसालिङ खबर
११ असार २०७६, बुधबार ०८:१८

काठमाण्डौ – अभिनेत्री रेखा थापाले वीर अस्पतालमा उपचारत रेशम चौधरीलाई भेटेकी छन् । मंगरबार वीर अस्पतालको क्याविन ५ मा उपचारत राजपाका नेता एवं सांसद चौधरीलाई अभिनेत्री थापाले भेटेकी हुन् ।

भेटमा थापा र चाैधरीले राजनीतिसँगै कलाकारिताको बारेमा कुराकानी गरेका थिए । चौधरीले जेल भोगाइका क्रममा टीकापुरको घटनालाई लिएर लेखेको पुस्तक ‘टीकापुर घटनाको चिरफार’ नायिका थापालाई उपहार प्रदान गरेका थिए ।

भेटपछि थापाले भनिन्, ‘रेशम दाइमाथिको मुद्धा अदालतले छिनोफानो गरिसकेको छ । हामी कानूनी राज्यको नागरिक भएका नाताले यसलाई सम्मान गर्छौं । तर, दबिएका, दबाइएका र पछाडि पारिएको समुदाय र वर्गको बारेमा निरन्तर आवाज मुखरित गर्ने उहाँ जस्ता व्यक्तिहरूमाथि राज्यले हेर्ने नजर फराकिलो नभएको पक्का हो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*