मन्त्रिपरिषद हेरफेरमा प्रधानमन्त्रीका तीन विकल्प

तामसालिङ खबर
११ असार २०७६, बुधबार ०८:३२

काठमाडौं – मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेका छन् । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्ने जन गुनासोमा करिब सहमत देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा जुटेको बालुवाटार स्रोतले बताएको छ ।

केही समय यता प्रधानमन्त्री ओली सरकार पुनर्गठनको तयारीमा छन् । तर उनी पुनर्गठन के आधारमा कसरी गर्ने भन्नेमा टुंगोमा पुगिसकेका छैनन् । उनकै सचिवालयका एक सदस्यका अनुसार यसका लागि प्रधानमन्त्री ओली आफूनिकट नेताहरुसँग आन्तरिक परामर्शमा छन् ।

प्रभावकारी कार्यसम्पादन गर्न नसक्ने मन्त्रीलाई बिदा, सबै मन्त्रीलाई हटाएर नयाँ टिम ल्याउने, पर्यटन मन्त्रालयमा मात्र पदपूर्ति गर्ने जस्ता तीन विकल्पमा प्रधानमन्त्रीले छलफल थालेका छन् । समाचार अन्नपुर्ण पोस्टमा छापिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*