१६ मिटर मात्र भत्काउँदा क्षतिपुर्ति दिनु नपर्ने – अध्यक्ष कटुवाल

तामसालिङ खबर
११ असार २०७६, बुधबार ०९:११

हेटौंडा – मकवानपुर उद्योग बाणिज्य संघले पूर्ब पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा बजार क्षेत्रमा २५ मिटर घर भत्काउँदा मुआब्जा दिनुपर्ने माग गरेको छ ।

मंगलबार पत्रकार समेलन गर्दै उद्योग बाणिज्य संघका अध्यक्षका कृष्ण कटुवालले राजमार्ग क्षेत्रमा १६ मिटर मात्र भत्काउँदा क्षेतिपुर्ति दिनु नपर्ने तर, २५ मिटर भत्काउँदा मुआब्जा दिनुपर्ने बताउनुभयो ।

हेटौंडा नगर क्षेत्रभित्रका २ हजार घरधुरीमा लगानी भएको करिब ४० अर्ब लगानी रहेको छ । सो घरधुरीमा रहेका साना तथा ठूला व्यवसायीहरुको करिब २० अर्ब गरी जम्मा झण्डै ६० अर्बको लगानीलाई सरकारले बल प्रयोग गरेर सुकुम्बासी बनाउन नमिल्ने बताउनुभयो ।

वर्तमान अवस्थामा बनेका संरचनाहरु भत्काउनुको अर्थ सुन्दर तथा हरियाली नगरीको रुपमा सुपरिचित ऐतिहासिक हेटौंडा नगरीको शोभालाई कुरुप बनाउनु मात्र नभई नगरमा व्यवसाय गरी रहेका करिब ५ हजार साना ठूला व्यवसायीहरु सुकुम्बासी बन्ने वा पलायन हुने निश्चित रहेको अध्यक्ष कटुवालले बताए । आफूहरु बिकाश बिरोधी नभएको उहाँले बताउनुभयो ।

बिज्ञप्ति हेर्नुहोस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*