बौद्धको पूजारी भूपतिबज्र लामा विरुद्ध संघर्ष समितिको धर्ना

तामसालिङ खबर
११ असार २०७६, बुधबार ११:०३

काठमाडौं – बौद्ध तथा मेलम्ची घ्याङ गुठीका पूजारी भूपति बज्र लामाले ज्यादती गरेको भन्दै बौद्ध बचाउ संघर्ष समिति आज देखि धर्नामा उत्रिएको छ । आईतबार देखि आन्दोलन थालेको समितिले बिहान नै देखि अनिश्चित कालसम्मका लागि धर्ना शुरु गरेको हो ।

संघर्ष समितिले सोमवार गुठीको मूख्य कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी खोल्ने क्रममा चिनियाँ लामा भूपति बज्र समर्थक र संघर्ष समितिबीच झडप समेत भएको थियो ।

बौद्धका स्थानीय संघसंस्थाको अगुवाईमा संघर्ष समिति बनाएर बौद्धनाथका पूजारी लामा बिरुद्ध आन्दोलन थालिएको संघर्ष समितिका खड्गजीत लामाले जानकारी दिए ।

संघर्ष समितिले अक्षम पूजारी भूपतिलाई बर्खास्त गर्नुपर्ने, योग्य गुठीयार नयाँ लामा नियुक्त गर्नुपर्ने, बौद्धनाथको सम्पत्ती पैतृक सम्पत्ति बनाउन नपाउने लगायतका माग राखेको छ । तर बौद्धनाथका पूजारी चिनियाँ लामाले भने आफू कानुन र विधि अनुसार चलिरहेको बताएका छन् ।

नागरिक खबर टिभीमा भिडियो हेर्नुहोस :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*