काठमाडौंको सम्पदालाई ‘खतरा सूची’मा राख्ने युनेस्कोको प्रस्ताव

तामसालिङ खबर
११ असार २०७६, बुधबार १९:४१

काठमाडौं – काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ ।

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् । यूनेस्कोले सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो । युनेस्कोले तीन वर्ष अघि पनि काठमडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो तर स्वीकृत भएन ।

यूनेस्कोको ४३ औं सेसनका लागि तयार पारिएको एजेण्डामा काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरिएको हो । यूनेस्कोको ४३ औं सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म अजरबैजानको बाकुमा चल्दैछ ।

सेसनमा भाग लिन नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बाकु जाँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*