नगर स्तरिय हाजिरी जवाफमा त्रिभुवन प्रथम

तामसालिङ खबर
१३ असार २०७६, शुक्रबार ०८:०८

हेटौडा – लियो क्लब अफ हेटौंडा सुर्योदय, सुर्योदय राइजिङ् र सुर्योदय क्लासिकको संयुक्त आयोजनामा बिहिबार हेटौंडामा भएको प्रथम नगर स्तरीय अन्तर मावि रनिङशिल्ड हाजिरी जवाफ प्रतियोगितामा हेटौंडा ११ का त्रिभुवन माविले जित हासिल गरेको छ । प्रथम भएको त्रिभुवन माविले नगद ७ हजार ५ सय सहित रनिङ शिल्ड, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा तुलसी मेहर मेमोरियल माविले द्वितीय स्थान हासिल गर्दै नगद ४ हजार ५ सयसहित प्रमाण पत्र र मेडल हात पारेको छ । तृतीय पुरस्कार भने जि.एस निकेतनले प्राप्त गर्दै नगद २२ सय ५० सहित मेडल र प्रमाण पत्र पाएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा बालबोध माविले भने सान्त्वना पुरस्कार स्वरुप डायरी र प्रमाण पत्र प्राप्त गरेको हो । हेटौंडाका २७ वटा विद्यालयको सहभागितामा भएको प्रतियोगितामा लायन डिस्ट्रीक्ट ३२५ बी टु नेपालका निर्वाचित प्रथम भाइस गभर्नर एमजे एफको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडा –४ मा रहेको नवोदय शिशु सदनको हलमा भएको प्रतियोगितामा नवोदयका प्रधानाध्यापक दिपेश जोशी, लायन्सहरु शम्भु नकर्मी, किशोर टन्डन , प्रकाश सुवेदी, किशन घिसिङ, अरुण बर्तौला लगायतको आतिथ्यता रहेको लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश दुलालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*