बिश्व हिन्दु महासंघद्वारा नवनिर्वाचित कार्यसमितीलाई स्वागत तथा सम्मान

तामसालिङ खबर
१४ असार २०७६, शनिबार २३:४८

चितवन (राप्ती नगर) – बिश्व हिन्दु महासंघ नेपालले शनिबार नवनिर्वाचित कार्यसमितीलाई स्वागत तथा सम्मान गरेको छ । महासंघको राप्ती नगरसमितीले राप्ती नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मिनारायण मन्दिरमा एक कार्यक्रमका बीच नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

बिश्व हिन्दु महासंघ राप्ती नगरपालिकाका अध्यक्ष हेमलाल डल्लाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अथिति रहनु भएका महासंघका केन्द्रिय अध्यक्ष डा.रामचन्द्र अधिकारीले देहभरी भएका बिश्व हिन्दुहरुलाई गोलबन्द गरी हिन्दु राज्य ल्याएर छोड्रने बिचार व्यक्त गर्नु भएको थिए ।

कार्यक्रममा उपस्थित सबै वक्ताले हिन्दु राज्य स्थापना गर्नुपर्ने बिषयलाई जोड दिएका थिए | कार्यक्रममा विशिष्ठ अतिथिहरु महासंघका केन्द्रिय उपाध्यक्ष सत्यनारायण साउद, राप्ति न.पा.उपमेयर इमानसिहं लामा ,कला पाठशाला मिडिया प्रा. लि अध्यक्ष तथा माधुर्य कथा वाचक पण्डित बालकृण अर्याल रहनु भएको थिए ।

कार्यक्रमका विशिष्ठ अतिथि साउदले हिन्दु धर्मले इतिहास र हिन्दु धर्मको अन्तराष्टिय स्थिती र वर्तमान हाम्रो परिस्थितीबारे आफ्नो विचार राखेका थिए त्यस्तै विशिष्ठ अतिथि रा.न.पा. उपमेयर इमानसिंह लामाले धर्मरक्षाको लागि आफू सधै प्रतिबद्धताका साथै सकारात्मक विचार र सोचले मात्र संस्थाको उद्देश्य पूरा हुने धारणा राख्नु भएको थियो ।

 

“एकताले मात्र उपलब्धी रक्षा गर्न सक्ने र आफु हिन्दु धर्म रक्षा का लागि जस्तो सुकै मुल्य चुकाउन तयार छु ”विशिष्ठ अतिथि पण्डित अर्यालको भनाइ थियो |

बिश्व हिन्दु महासंघ प्रदेश न. ३ का महिला विभाग प्रमुख अनिता खरेलले धन्यवाद मन्तव्य राखेको कार्यक्रममा नवनिर्वाचित केन्द्रिय तथा प्रदेश स्तरीय कार्यसमितिका पदाधिकारीहरु साथै जिल्लाका जिल्ला अध्यक्ष , नगर अध्यक्ष लगायत विभिन्न संघसंथामा आबद्ध व्यक्तिहरुको उपस्थिती रहेको यियो ।कार्यक्रममा बिश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष ,राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिक्रित लगायतले शुभकामना मन्तव्य राखेका थिए |

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*