नारी
फेर्नु छ मैले आमाको मझेत्रो
किन्छु छ बाको दमको औषधि
टाल्नु छ मैले भत्केका भित्ताहरु
र सजाउनुछ मेरा अपुरा सपनाहरू
अनि चाल्नु छ अनगिन्ती पाइलाहरु
हो मैले फेर्दा फेर्दै आफै जन्मेको घर पनि फेर्नु छ
अङाल्नु छ ती अपरिचित मान्छे
र सम्हाल्नु छ अपरिचित घर
रेट्नु छ आफ्नै खुशी
रुझाउनु छ उनीहरुलाई
पराइ हुन्छ आफै खेलेको आगन
र पाहुना हुन्छु आफै जन्मेको घरमा
फेर्नु छ मैले आफ्नै मन
ओझेल पार्नु छ अँखाबाट आशुहरु
र सम्हाल्नु छ आफैलाई
कठोर मन बोकेर हिड्नु छ
कस्ले भन्छ नारीमा सहनशीलता हुदैन भनेर
त्यही सहनशीलताले नै आज सबै त्यागेर
पराई घर सजाउन आएको छु
हो अरुको खुशी खोज्दा खोज्दै रित्तिएको
मान्छे नै नारी हो
प्रयत्न वाईबा तामाङ
चन्द्रपुर-१,मंगलपुर, रौतहट






