चन्द्रपुर नगरको उत्तरी क्षेत्रमा घेदुङको गाउ कमिटि गठन
रौतहट – चन्द्रपुर नगर घेदुङले रौतहटको उत्तरी क्षेत्रमा नेपाल तामाङ घेदुङले गाउ कमिटि गठन गरेको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ मा शनिबार भोलुम्टार, इपिल बस्ति, अरुणबस्तीको स्थानीय तामाङ भेलाले ११ सदस्यीय गाउ इकाइ कमिटि गठन गरेको हो ।
कमिटिको अध्यक्षमा लाली माया थोकर, उपाध्यक्ष भक्त बहादुर गोले , सचिव विष्णु स्याङ्तान , सहसचिव संग्राम सिंह गोले , कोषाध्यक्ष बिमला स्याङ्तान चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जेके भोलन, सञ्चमान मोक्तान, मान सिंह तामाङ, पुर्ण बहादुर वाइबा, पुर्ण बहादुर गोले र अनिसा योञ्जन चयन गरिएको छ । गाउ कमिटिलाई सक्रिय रुपमा अगाडी बढाउन शंकरमान घिसिङको संयोजकमा ३ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।
कार्यक्रम नेपाल तामाङ घेदुङ संघिय सदस्य खड्ग बहादुर तामाङको प्रमुख आतिथ्यततामा भएको भेलामा प्रदेश २ का उपाध्यक्ष यमलाल गोले, घेदुङको भाषा लिपि साहित्य तथा प्रशिक्षण विभागीय सदस्य उपेन्द्र गोले, रौतहट जिल्ला सचिव बाल कुमार लामा, जिल्ला सदस्य सन्त बहादुर वाइबा लगायत स्थानिय तामाङ अगुवा र स्थानिय तामाङ समुदायको बाक्लो सहभागीता रहेको थियो ।






