इन्द्रावती गाउपालिकामा जनजाति महासघ र तामाङ घेदुङ गठन
सिन्धुपाल्चोक – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा इन्द्रावती गाउँपालिका प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रममा घेदुङ र जनजाती महासघको इन्द्रावती गाउ कमिटि गठन गरेको छ ।
इन्द्रावती गाउपालिकाको प्रमुख वंशलाल तामाङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष कुमार ब्लोन, नेपाल आदिवासी जनजाति संघीय परिषद सदस्य बुझुङ लामा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । भेलामा आदिवासी जनजाति इतिहास र बर्तमान अवस्था विषयमा आदिवासी जनजाति अधिकारकर्मि हर्क बहादुर तामाङले प्रशिक्षण दिनु भएको थियो ।

प्रथम भेलाले नेपाल आदिवासी जनजाति महासंघ इन्द्रावती गाउपालिका समन्वय परिषद गठन गरेको छ । डी.बि. तामाङ गोलेको अध्यक्षतामा १० सदस्यीय नया कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा मानबहादुर श्रेष्ठ, सचीवमा राजेन्द्र मगर, कोषाध्यक्ष फुर्तेम्बा शेर्पा लगायत सदस्यहरुमा मीन बहादुर माझी, सानूकान्छा दनुवार, दावा लामा ह्योल्मो र मनोनीतमा प्रमिसा तामाङ, खाम्सुङ तामाङ, बिनोद तामाङ चयन गरेको छ ।
त्यस्तै, नेपाल तामाङ घेदुङ इन्द्रावती गाउँपालिका कमिटी समेत गठन भएको छ । घेदुङमा क्षेत्रबहादुर तामाङको अध्यक्षता ११ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । कमिटिको महिला उपाध्यक्षमा संन्चमाया तामाङ, उपाध्यक्ष जित बहादुर तामाङ, सचीव तिलक तामाङ, सह-सचिव बिमला तामाङ, कोषाध्यक्ष लाक्पा दोर्जे तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मनकुमारी तामाङ, शोभना तामाङ, पुष्प बहादुर तामाङ, रिता तामाङ र फुलमान तामाङ रहेको छ । कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा अध्यक्ष बाबुराम लामा, जगत मान ताल्चाभडेल, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक अध्यक्ष रेशम स्याङ्बो, इन्द्रावती गाउपालिकाको प्रमुख वंशलाल तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष कुमार ब्लोन लगायतकोले बधाई तथा शुभकामना दिनुभएको थियो ।

नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक अध्यक्ष रेशम स्याङ्बो, नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक सल्लाहकार एवं आदिवासी जनजाति अभियन्ता हर्क बहादुर तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रिय सल्लाहकार फाइन्द्र तामाङ, इन्द्रावती गाउपालिका वडा अध्यक्षहरु वीर बहादुर तामाङ, जगत मान ताल्चाभडेल, बाबुराम लामा, जीवन थापा मगर कार्यपालिका सदस्यहरु शोभना तामाङ, मनकुमारी तामाङ लगायतको सहभागी रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित नेपाल तामाङ घेदुङ इन्द्रावती कमिटी अध्यक्ष क्षेत्र बहादुर तामाङले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद सिन्धुपाल्चोकका अध्यक्ष नुर्पु शेर्पाले गर्नुभएको थियो ।
संचालन नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद सिन्धुपाल्चोक सचीव मिलन तामाङ ले गर्नुभएको थियो । कार्यक्रम इन्द्रावती गाउँपालिका केन्द्रको हल नवलपुरमा भएको थियो ।






