झारपात गोडमेलमै साढे चार करोड स्वाहा

तामसालिङ खबर
१५ असार २०७६, आईतवार ११:०५

रुपन्देही – गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे ।

मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिब एक घण्टामै टोली त्यहाँबाट निस्कियो । बेल्चा, हसिया र कोदालो बोकेका ती व्यक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका कामदार थिए ।

कार्यक्रमका लागि दुई सय ४७ जना छनौटमा परे पनि दुई सय २६ जना काममा आएको नगरपालिकाले जनाएको छ । ती कामदारलाई असार महिनाभर गौसाला, वनवाटिका, नगरका केही विद्यालय र ६ लेन सडक किनारको झारपात र टिपनटापन र गोडमेलको जिम्मा दिइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा ७० लाखको बजेट खर्च गरिँदैछ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*