हेटौंडामा मट्का चिया पसल
हेटौँडा – हेटौडा मै पहिलो पटक चियाका पारखीहरुका लागि मट्का चिया पिउन पाइने भएको छ । हेटौंडा ५ पुष्पलाल पार्क अघि मट्का चिया पसल खुलेको छ । मट्कामा चियामा बाक्लो दुध, इलामको स्पेशल चिया र मसला मिसाइएको र माटोको गिलासमा दिइने गरेको हुन्छ ।
माटोको भाँडाले चियामा भएको पानी सोस्ने र चिया अझ मिठो हुने मटका चियाको सञ्चालक विवेक खतिवडाले बताए । चिया पिउँदा माटोको मौलिक स्वाद चाख्न पाइन खतिवडाको भनाई छ । एक कप चियाको २५ रुपैया देखि ४५ रुपैयासम्म पने सञ्चालक खतिवडाले बताए ।
चियाको मुल्य मटकाको साइज अनुसार हुने खतिवडाले जानकारी दिए । माटोको भाँडा खर्चिलो र अरु चियाको तुलनामा फरक हुने भएकाले तुलनात्मक रुपमा मट्का चिया महँगो पर्ने उनले बताए । पसल सञ्चालन भएको पहिलो दिनबाटै व्यापार आशा लाग्दो भएको पसलका अर्का सञ्चालक रुपेश बानियाँले बताए ।






