शिक्षक लाईसेन्सको म्याद थप

तामसालिङ खबर
१६ असार २०७६, सोमबार १९:२९

भक्तपुर – शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको लागि खोलेको विज्ञापनको फारम भर्ने म्याद थपेको छ । यस अघि असार २२ गते सम्म फारम भर्न सकिने गरी खुलेको विज्ञापनमा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाईएको आयोगले जनाएको छ ।

‘आयोगले विद्यमान ऐन नीयम कानूनका आधारमा काम गर्ने हो, सोही अनुसार विज्ञापन गरिएको हो’ आयोगका अध्यक्ष ताना गौतमले भने, ‘२०७३ साल असार १५ गते भएको शिक्षा ऐनको संशोधनले गरेको व्यवस्थाका आधारमा विज्ञापन खोलिएको हो ।’ यो बीचमा सर्भरमा केही समस्या आएकोले अनलाईन फारम भर्नेहरुलाई समस्या भएको गुनासो आए पछि म्याद थप गरिएको उनले बताए ।

दोब्बर दस्तुर तिरेर साउन ५ गते सम्म फारम भर्न सकिने छ । यस अघि दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने गरी विज्ञापन खोलिएको थियो ।

लामो समय देखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन, आयोगले गएको असार २ गते खोलेको थियो । माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको छ । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि पनि समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*