कैलाशमा ४५ जनाको आखा परिक्षण

तामसालिङ खबर
१६ असार २०७६, सोमबार २०:४१

हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ मा निशुल्क आँखा शिबिर कार्यक्रम भएको छ । सोमबार धुवाङ माबिको प्राङगनमा भएको शिविरमा हेटौडा सामुहदायिक आँखा अस्पतालको प्राबिधीक सहयोगमा भएको हो ।

४५ जनाले शिविरमा आखा परिक्षण गराएका मध्ये ४ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ । मोतिया बिन्दु भएको उनिहरुलाइ हेटौडा सामुदायिक आँखा अस्पतालले निशुल्क शल्यक्रिया गर्ने भएको छ ।

कैलाश वडा नम्बर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७ नम्बर वडाका वडा अध्यक्ष सुभाष ब्लोन, ८ नम्बर वडाका सदस्य बिर बहादुर प्रजा, कार्यपालिका सदस्य आसिस प्रजा, जनउत्थान टोलबिकास संस्थाका अध्यक्ष राजकुमार प्रजा र धुवाङ माबि बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष पासाङ मुक्तान लगाएतकाको सहभागिता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*