प्रदेश ३ सरकारले काठमाण्डौ उपत्यकालाइ १२ वटा ब्रुमर दिने घोषणा
काठमाडौं – तिन नम्बर प्रदेशको सरकारले काठमाडौं उपत्यकाको सफाइ गर्नको लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशेपुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताए ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनका लागि ३० करोड रुपैयाँ हस्तान्तरण पनि गर्नु भएको थियो । सर्वसाधरण लाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासँगको सहकार्यमा काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्ने कामलाई अघि बढाइएको स्रोतले जनाएको छ ।






