प्रदेश ३ मा १८ वर्ष पुगेपछि मात्र चालक लाइसेन्स दिने

तामसालिङ खबर
१८ असार २०७६, बुधबार ०९:५३

हेटौडा – तिन नम्बर प्रदेश सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । हालको कानुन अनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ ।

नयाँ व्यवस्था सहितको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघ मै राजपत्रमा प्रकाशित भइसकेको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङकी प्रमुख कमला थापा खत्रीले केन्द्रीय सिस्टम अनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने प्रदेश सरकारले बनाएको कानुन लागू नहुने सम्भावना रहेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*