अमेरिकी डलर सहित एक जना प्रहरीको नियन्त्रणमा

तामसालिङ खबर
२४ असार २०७६, मंगलवार १८:१२

काठमाडौं – बाह्य मुलुक तर्फ लैजान लागेको अमेरिकी र हङकङ डलर सहित एक जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ मृगौलिया ठेगाना भएका ३९ वर्षीय पासाङ याल्मो तामाङलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल एयरलाइन्सको उडान द्वारा काठमाडौँबाट हङकङ जान लागेका तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गर्ने क्रममा सुटकेश र हाते झोलामा लुकाई राखेको अमेरिकी डलर २९ हजार ९५० र ३७० हङकङ डलर फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तामाङलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*