‘धर्तीमाता’ भनिने विष्णु कुँवर धरौटीमा रिहा
काठमाडौं – बोक्सीको आरोप लगाई युवती माथि हातपात गर्ने धर्तीमाता भनिने विष्णु कुँवर मंगलबार रिहा भएकी छिन । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने कुँवर रिहा भएकी हुन् । कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको थियो ।
उनलाई महानगरीय प्रहरी परिसरको टोलीले असार १३ गते बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई २० हजार र जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार गरी ३० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।






