मनहरीमा नेतृत्व विकास तालिम सम्पन्न
हेटौडा (मनहरी) – तिन नम्बर प्रदेशका संसद ओम बहादुर घलानले नेपाल विकासको पथ तर्फ उन्मुख भइसकेको बताएका छन ।
मंगलबार दर्पण सामुदायिक सिकाई केन्द्र मनहरीको आयोजनामा मनहरी वडा नम्बर ७ मा सञ्चालित ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घघोषण तालिमको समापन कार्यक्रममा बोल्दै सांसद घलानले तिनै तहको सरकार गठन भएयता विकासको जग बसाएर विकासको कार्यलाई तिब्ररुपमा अगाडी बढाइरहेको बताउनु भयो ।
उहाले, ‘तालिममा सहभागिहरुलाई आफुले सिकेका सबै कुरालाई ब्यबहारमा उर्तान सुझाब दिए । जन्म सिद्ध कसैले पनि सबै कुरा सिकेर नआउने भएकाले जिवनमा सिक्दै अघि बढ्ने प्रक्रिया रहेको बताए । सहभागीहरुले ७ दिन सम्म सिकेका सबै कुराहरुलाई सबै ब्यबहारमा लागु गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
संसद ओम बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दर्पण सामुदायिक सिकाई केन्द्र मनहरीका अध्यक्ष सिता पुलामी मगरको सभापतित्वमा भएको थियो । कार्यक्रममा ७ नम्बर वडाका कार्यबाहक वडाअध्यक्ष शेखर बर्तौला, आपाङ समन्वय समिती मनहरीका गाउँपालिकका उपाध्यक्ष दिल बहादुरर स्याङबो लगायतको उपस्थिति रहेको थियो ।






