मनहरीको सामुदायिक वन उपभोक्ता समुहले गरे, १५ जनाको निशुल्क स्वास्थ्य विमा
हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ मा रहेको ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समुहले ३ घरको १५ जना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरिएका छन ।
सामुदायिक वनको केही महिना अगाडी भएको निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार अध्यक्ष दिपक पुलामी मगरले मंगलबार मनहरी वडा नम्बर ७ मा रहेको तिन घर परिबारलाइ बिमा गराएको ज्यामिरे कालिका सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष पुलामीले जानकारी दिए ।

मंगलबार विमा गरिनेहरुमा मनहरी ८ का आपाङता भएकी १४ वर्षिया अस्मिता बिक , मृगौला पिडीत कृष्ण अर्याल, आँखा रोगी कृष्णा कुमारी कामी सहित १५ जनाको स्वास्थ्य विमा गरिएको अध्यक्ष पुलामीले बताए ।
आगामी दिनमा पनि आफना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गर्ने कार्यलाई निरन्तर दिने पुलामीको भनाई छ । उनि अध्यक्षता भए यता ज्यामिरे कालिका सामुदायिक वन उपभोक्त समुहको संरक्षण तथा सबर्द्धनका लागि बिभीन्न उपसमितीहरु गठन गरिएको छ । वन तथा वन जन्य बस्तुको संरक्षणका लागि आफनो टिमको तर्फबाट बैज्ञानिक ढंगले अगाडी बढिरहेको बताए ।






