बर्षात अपडेट : हेटौंडाको राप्ती खोलाले बगाएको चारै जनाको उद्धार
हेटौंडा – लगातार तिन दिन देखि परेको अविरल वर्षाको कारण हेटौडाको राप्ती खोलामा आएको बाढीले बगाएको ४ जनाको प्रहरीले उद्धार गरेको छ ।
आज विहान राप्ती खोलाले बगाएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ की कविता तामाङ सहित ४ जनालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । तामाङलाइ भने बिहानै उद्धार गरिएको थियो ।
अन्य ३ भने पछि सम्पर्कमा ल्याई उनिहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले उनीहरुलाइ हेटौंडा अस्पताल उपचार भैरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ जितपुरभञ्ज्याङमा पहिरोले घर बगाएको छ । स्थानीय ५० बर्षीय सुर्दशन गोलेको घर बर्षा संगै पहिरो जाँदा बगाएको हो । घर बगाएर एक सय मिटर तल पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ ।
घर बगाउँदा लत्ताकपडा, अन्नपात सबै क्षति भएको छ । घरमा रहेका गोले र चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का २१ बर्षीय प्रमोद भण्डारीलाई जितपुर प्रहरीले उद्धार गरेको छ ।






