रामायण सर्किटको विकासका लागि प्रतिबद्ध छौ – मुख्यमन्त्री राउत
जनकपुरधाम – दुइ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले बुधबार जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नु भयो ।
रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई दुई देश विचको सम्बन्धका साथै त्रेता युगिन सम्भयता झझल्को समेत दिने भएकोले दुबै देशका केन्द्रिय सरकारलाई अग्रसर हुन आग्रह समेत गर्नु भयो ।
नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकाल देखी चल्दै आएको जनजनको सम्बन्ध रहेको चर्चा गर्नु हुँदै उहाँले यसलाई राजनीति सिमांकनले छेक्ने काम कहि कतै बाट हुनु नपर्नेमा जोड समेत दिनु भयो ।
कार्यक्रममा उद्योग पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषाधामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
त्यस्तै, भारत सरकारको पूर्व मन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।






