तिन नम्बर प्रदेशको नाकामा विषादी परीक्षण गर्ने प्रयोगशाला निर्माण हुने
हेटौंडा – तिन नम्बर प्रदेश सरकारले प्रदेश भित्र आउने तरकारी तथा खाद्यान्नको परिक्षण गर्न प्रयोगशला निर्माण गर्ने भएको छ ।
प्रदेश ३ मा बाहिरबाट खाद्यन्न, फलफुल तथा तरकारी आउने मुख्य नाकाहरु रहेकोकोले ति नाकाहरुमा नै प्रयोगशाला निर्माण गर्न लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताए ।
नाकाहरुबाट आउने खाद्यन्नको सामग्री तथा तरकारीहरुमा समेत अनुगमन तथा परीक्षणको काम गर्ने समेत बताए । केन्द्र सरकारको भर नपरी प्रदेश सरकारले आफ्नो तयारी थालेको मन्त्री नेपालले बताए ।
संघीय सरकार भने पर्याप्य जनशक्ती, प्रयोगशाला नभएको भन्दै भारतबाट आएको तरकारी तथा खाद्यान्नको परीक्षण गर्ने निर्णयबाट पछि हटेको छ ।






