नारायणगढ – मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
मुग्लिन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फीमात्रै गाडी चलिरहेका छन् । बिहीबार रातिदेखी भईरहेको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो ।
यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजे तिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको प्रहरीले जनाएको छ ।






