मकवानपुरको ग्रामिण सडक अवरुद्ध हुदा जनजीवन प्रभावित
हेटौडा – शुक्रबार बिहान देखि परेको अविरल वर्षातको कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ । वर्षातको कारण विभिन्न ठाँउका सडकखण्डहरु अवरुद्ध हुदा सवारी साधन चल्न सकेको छैन ।
हेटौँडाबाट काठमाण्डौँ जाने सिस्नेरी, फाखेल, कान्तिलोकपथ सडक अबरुद्ध भएको छ भने पुर्वि मकवानपुरको बकैया, वागमती सडक खण्ड समेत अवरुद्ध हुदा सबारी आवगमन रोकिएको छ ।
पश्चिम मकवानपुरको हाँडीखोला, मासिने, राक्सीराङ, कैलाश र हेटौडा उपमहानगरको पदमपोखरीको सडक पनि अबरुद्ध भएको छ । अविरल वर्षाको कारण राप्ती र कर्रा खोलाको सहत बढेको छ ।
पुर्वी मकवानपुरको बकैया, सिमात, वागमती नदी बढेपछि जोखिम बढेको छ । मकवानपुरको मकवानपुरगढी भएर बग्ने सामरी खोलमा समेत बाढी आएर खतरा भएको छ ।
त्यस्तै, भीमफेदी गाउपलिकाको भैसे बागझोरामा आएको खोलाले उत्तरी क्षेत्रको समेत सवारी आवागमन समेत अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबरुद्ध भएका सडक खण्डको पहिरो हटाउने काम वर्षात भईरहेको कारणले गर्न नसकेको जनाएको छ ।






