यति एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिदा दुईजना घाइते

तामसालिङ खबर
२७ असार २०७६, शुक्रबार १८:४३

काठमाण्डौ – त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ ।

नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ‘डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।

विमानमा सवार यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई उद्धार गरी सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ ।

विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको छ । रनवेमा दमकल तथा एम्बुलेन्स पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*