पहिरोमा वेपत्ता भएकी कैलाशको पाख्रिन ७ घन्टा पछि उद्धार

तामसालिङ खबर
२८ असार २०७६, शनिबार ०९:३२

हेटौंडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकामा वडा नम्बर ५ मा परेको वर्षातको कारण झरेको पहिरोमा परि वेपत्ता भएकी स्थानीय तारामाया पाख्रीनको ७ घन्टा पछि उद्धार गरिएको छ ।

शुक्रवार दिउँसो १२ बजे पहिरोमा पुरिएकी तारामायाको स्थानीय युवाहरुले साझ ७ बजे उद्धार गरेको वडाअध्यक्ष छेकु लामाले बताए ।

गम्भीर घाइते अबस्थामा उद्धार गरिएको तारामायालाइ उपचारको लागि स्वास्थ्य लगिएको लामाले बताए । उनको खुट्टा भाँचिएको छ भने शरिरका अन्य भागहरुमा समेत चोटपटक लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*