अपडेट: बाढीपहिरोमा परि मकवानपुरमा ३ जना मृत्यु

तामसालिङ खबर
२८ असार २०७६, शनिबार २०:०४

हेटौडा – मकवानपुर अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हाल सम्म ३ जनाले ज्यान गुमाएका छन् ।

बिहिबार देखि परेको अविरल बर्षाको कारण मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ निवासी अन्दाजी १४ वर्षकी श्रृष्टि डिम्डुङको पहिरोले पुरिएर मृत्यु भएको २ नम्बर वडा अध्क्ष राजुमान मर्हजनले जानकारी दिए ।

शुक्रबार साँझ बाटोमा आएको भल कटाउन लाग्दा माथिबाट खसेको पहिरोले पुरिएको मृत्यू भएको उनले बताए । लगातार बर्षातका कारणले बेलुका उद्धार गर्न नसके पछि विहान फाखेल प्रहरीको टोलिले पहिरोलाई पन्छ्याएर शब निकालेको वडा अध्यक्ष महर्जनले बताए ।

त्यस्तै, कैलाश गाउँपालिका वडा नम्बर १० नामटारमा खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको छ । त्यस्तै गरि, शुक्रबार मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नम्बर ३ मा दम्की खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*